काठमाण्डौ । एसियाका सबैभन्दा धनी चीनका ज्याक माले गत वर्ष अक्टोबरमा देशको फाइनान्सियल सिस्टमको आलोचना गरेका थिए। त्यसपछि उनीमाथि समस्याको पहाड नै खस्न थाल्यो। 

चीन सरकारले उनको कम्पनी अलीबाबा ग्रुप होल्डिङविरुद्ध मोर्चा सुरु गर्यो। पहिले फिनटेक कम्पनी यान्ट ग्रुपको लिस्टिङ सस्पेन्ड गरिदियो र फिनटेक कम्पनीवरुद्ध कारबाही सुरु गर्यो। यही कारण विगत एक वर्षमै अलीबाबा ग्रुप होल्डिङको बजार पुँजीकरण ३४४ अर्ब डलर घट्न पुगेको छ।

ब्लुमबर्गका आँकडाअनुसार पछिल्लो एक वर्षमा पूरे विश्वमा सेयरहोल्डर भ्याल्युको सबैभन्दा धेरै नोक्सानी अलीबाबा ग्रुपको भएको छ। चीन सरकारको कारबाहीपछि यो टेक कम्पनीको सेयरमा भारी गिरावट आएको छ। 

गत वर्ष अक्टोबरमा यो कम्पनीको सेयर अल टाइम हाईमा थियो। तर पहिल्लो हप्ता हङकङमा यो कम्पनीको सेयर हालसम्मकै तल्लो मूल्यमा पुगेको छ। 

अलीबाबाको सेयरमा आएको गिरावटले ज्याक माको सम्पत्ति पनि घट्न पुगेको छ। कुनै समय उनी एसियाकै सबैभन्दा धनी व्यक्ति थिए। हाल उनी विश्वकै सबैभन्दा धनीको सूचीमा ३० औँ स्थानमा छन्। उनको सम्पत्ति ४५.९ अर्ब डलर रहेको छ।

हाल एसियाकै धनी व्यक्तिमा रिलायन्स कम्पनीका मुकेश अम्बानी छन्। उनको सम्पत्ति ९८.२ अर्ब डलर छ। विश्व धनाढ्य सूचीमा भने अम्बानी ११ औँ स्थानमा छन्। – एजेन्सी