काठमाण्डौ । ओपेक देशबीच गत ३० नोभेम्बरमा उत्पादन कटौतिको सहमतिसँगै कच्चा तेलको मूल्यमा उछाल आइसकेको छ । अब ओपेकको सदस्य नरहेका तेल उत्पादक देशहरुले समेत नियमित उत्पादनमा कटौतिको निर्णय गरेपछि तेलको मूल्यले उचाई छुनसक्ने आँकलन गर्न थालिएको छ । 

विज्ञहरुको प्रक्षेपण अनुसार कच्चा तेलको मूल्य प्रति ब्यारेल ५८ डलर भन्दा पनि माथि उक्लिनसक्छ । कच्चा तेलको मूल्यमै यस्तो उछाल आएपछि नेपालजस्तो देशमा आयात हुने पेटोलियम पदार्थको मूल्य पनि नयाँ उचाई छुने र यसले ढुवानी खर्च बढाई समग्र बजार भाउ नै उच्च पारिदिने अवस्था सिर्जना हुनसक्छ । त्यसै पनि अनियन्त्रित महंगीको मारमा परेका सर्वसाधारणहरुका लागि आगामी दिन अझ बढी अप्ठ्यारा हुनसक्ने र महंगीको मार अझै बढी खेप्नुपर्ने हुनसक्छ । सार्वजनिक यातायातको साधनको भाडादर, हवाई भाडा दरमा समेत बढोत्तरी हुनेछ । समग्र मूल्य वृद्धिमा यसले ठूलो भूमिका खेल्नेछ । मूल्यवृद्धिको दरलाई एक अंकमा झार्ने कसरतमा जुटेको सरकारका लागि समेत यो निकै ठूलो चुनौति बन्न सक्छ । 

विज्ञहरुका अनुसार ओपेक देश र ननओपेक देशले उत्पादनमा कटौति गर्ने निर्णय गरेपछि गिर्दो कच्चा तेलको मूल्य सम्हालिनेछ । तर, यो सँगै अमेरिकाका नवनिर्वाचित राष्टपति डोनाल्ड टम्पले यस्तो क्याबिनेट बनाउन खोजिरहेका छन्, जसको मद्धतले त्यहाँ कच्चा तेलको उत्पादन बढाउन सकियोस् । त्यहाँ उत्पादन बढेपछि आपूूर्ति पनि बढ्नेछ र यो भयो भने चाहि कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० डलर भन्दा माथि जान नसक्ने एकथरि विज्ञहरुको दाबी छ । तर उनीहरुले ५८ डलरको उचाईसम्म पनि पुुग्न सक्ने बताएका छन् । आगामी केही महिनासम्म कच्चा तेलको मूल्य ४६ देखि ५८ डलरसम्मकै सेरोफेरोमा घुमिरहने बताइएको छ । तर केही सातासम्म भने कच्चा तेलको मूल्यमा ठूलै उछाल आउने अनुमान लगाइएको छ । 

के महंगो, के सस्तो ? 
कच्चा तेलको मूल्य बढेसँगै देशमा भित्रिने पेटोलियम पदार्थ तथा उत्पादनहरु पनि महंगिने निश्चित छ । यस्तै, ढुवानी भाडा तथा सार्वजनिक यातायातको भाडादर समेत बढ्दा समग्र बजारमा असर पुुग्नेछ । टायर कम्पनीहरुलाई आवश्यक सेन्थेटिक रबर तथा कार्बन ब्ल्याक समेत महंगिनेछ, यसले टायरका उत्पादनहरु महंगिनेछन् । यस्तो अवस्थामा टायरजन्य उत्पादनको भाउ पनि बढ्नेछ ।

यस्तै, एशियन पेन्ट्स, बर्जर पेन्ट्स जस्ता कम्पनीहरुले समेत आफ्नो उत्पादनको मूल्यलाई बढाउन सक्नेछन् । 

हाल ग्लोबल मार्केटमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ५५ डलरको उचाईमा पुगिसकेको छ । यो बढोत्तरीका कारण नेपाल आयल निगमका सामु अंग्रेजी महिनाको सुरुवातदेखि पेटोलियम पदार्थको मूल्य बढाउने बाध्यता छ । एक अधिकारीका अनुसार इण्डियन आयल कर्पोरेसनले जनवरीका लागि पठाउने मूल्यसूचिमा पेटोल, डिजेल र ग्याँसको मूल्य अझ बढेर आउने र मूल्यवृृद्धि अपरिहार्य बन्ने अवस्था देखिएको छ । 

ती अधिकारीका अनुसार कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० डलरको सीमा पार गर्यो भने यसले पेटोल डिजेलको मूल्य अझ बढाउन थप दवाब पर्नेछ । 

अन्तराष्टिय विज्ञहरुको गरेको विभिन्न प्रक्षेपण अनुसार आगामी नयाँ वर्षको पहिलो ६ महिनासम्म कच्चा तेलको मूल्य औसत ५५ डलर प्रति ब्यारेल कायम हुनेछ ।