काठमाण्डौ । हलिउड चलचित्र 'स्पाइडर म्यान : नो वे होम' ले कोभिड महामारीका क्रममा विश्व बक्स अफिसमा १ बिलियन डलरभन्दा बढी कमाइ गर्ने पहिलो फिल्म बनेको छ। यससँगै कमाइको मामिलामा यो चलचित्र यस वर्षको ठूलो चलचित्र बनेको छ।
यो चलचित्रले ‘द ब्याटल अफ लेक चाङजिन’लाई पनि पछि पारेको छ। जुन चलचित्रले विश्वभरमा ९०५ मिलियन डलरभन्दा बढीको कमाइ गरेको थियो।
मिडिया डेटा एनालिटिक्स फर्म कमस्कोरका अनुसार यसअघि १ बिलियन डलरभन्दा बढी कमाइ गर्ने चलचित्र ‘स्टार वार्स ः द राइज अफ स्काईवकर’ हो। यो चलत्रि सन् २०१९ मा रिलिज भएको थियो।
दुई वर्षपहिले महामारी सुरु भएपछि कुनै अन्य हलिउड चलचित्रले स्टार वार्सको बक्स अफिस कलेक्सनको आसपास पनि पुगेका थिएनन्। – एजेन्सी
8 hours ago
8 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
16 hours ago