काठमाण्डौ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सुरु भएको निषेधाज्ञाको अवधिमा ग्राहकहरुको सुविधालाई मध्यनजर गरी महालक्ष्मी विकास बैंकले नयाँ अवधारणा ल्याएको छ । 

यो बैंकले निषेधाज्ञाको अवधिमा पनि सहज र सुरक्षित बैंकिङ कारोबार सेवा उपलब्ध गराउने उद्देश्यले ग्राहक समन्वयकर्ताहरुको व्यवस्था गरी तिनीहरुको सूची नै सार्वजनिक गरेको छ । 

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत दीपेश लम्सालकाअनुसार यसरी तोकिएका समन्वयकर्ताहरुले ग्राहकहरुको बैंकिङ सेवा सम्बन्धी कुनै पनि जिज्ञासा तथा गुनासोलाई सम्बन्धित शाखाहरुसँग समन्वय गरी यथाशीघ्र सेवा उपलब्ध गराउन सहजीकरण गर्नेछन् । 

बैंकले केन्द्रीय कार्यालयमा सहजकर्ताको रुपमा ४ जनालाई तोकेको छ भने बाँकी देशभरका शाखा कार्यालयका लागि अन्य १८ जना सहजकर्ता तोकिएका छन् । 

बैंकले संक्रमणको अवधिमा सुरक्षित कारोबारका लागि सकेसम्म डिजीटल प्लेटफर्म प्रयोग गर्न, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड तथा कनेक्ट आइपीएसजस्ता माध्यमको प्रयोग गरी भुक्तानी तथा कारोबार गर्न समेत ग्राहकहरुमा सार्वजनिक अपील गरेको छ । 

महालक्ष्मीले प्रवाह गर्ने सेवाको सहज उपलब्धताका लागि बैंकले तयार गरी जिम्मेवारी तोकिएका सहजकर्ता र उनीहरुको सम्पर्क नम्बरको सूची यसप्रकार छ: