काठमाण्डौ । महारानी एलिजाबेथ द्वितीयको निधनपछि अब बेलायतमा धेरै ठूलो परिवर्तनहरु हुनेछन्। 

महारानीको निधनपछि उनका छोरा प्रिन्स चार्ल्स राजा बन्दैछन्। उनको राज्याभिषेक हुनेछ। उनकी पत्नी क्यामिला क्विन कन्सोर्टको पद पाउने छिन्। यो प्रतीकात्मक पद हो। जुन राजाको पत्नी वा साझेदारलाई दिइन्छ।

महारानी एलिजाबेथको निधनपछि अब बेलायतमा धेरै कुरा परिवर्तन हुनेछन्। ७० वर्षदेखि राजगद्दीमा बसेकी महारानी बेलायती जनताको दैनिक जीवनमा संलग्न छिन्। मुद्रा, पासपोर्ट, सैन्य पोसाकदेखि लिएर स्मरणार्थमा महारानीका प्रतीकहरु भरिएका छन्।

बेलायती राजपरिवारको प्रचलनअनुसार यी वस्तुहरुलाई सधैँ शासक व्यक्तित्वद्वारा प्रतीक गरिएको हुन्छ। त्यसैले एलिजाबेथको कुनै पनि चिह्न अब राजाको नामले प्रतिस्थापन गरिनेछ। 

नोट र सिक्कामा परिवर्तन​

बेलायतमा महारानीको अनुहार नगद नोट र सिक्काहरुमा छ। अब उनको निधनपछि नयाँ राजाको अनुहारसहित नयाँ नोट र सिक्का ल्याइनेछ। त्यसको तयारी पनि भइसकेको छ। 

राष्ट्रगानमा ठूलो परिवर्तन ‘गड सेभ दी क्विन’

बेलायती राष्ट्रिय गान महारानीको सम्मानमा गाइन्छ। गीतमा रानीको उल्लेख छ। अब राजाको नाममा परिवर्तन हुनेछ। यसको गीत महिला संस्करणबाट पुरुष संस्करणमा परिवर्तन गरिनेछ।

बेलायती राष्ट्रिय गानको पुरुष संस्करण अन्तिमपटक १९५२ मा गाइएको थियो। त्यतिबेला महारानी एलिजाबेथका पिता राजा जर्ज पाँचौँ थिए। एलिजाबेथलाई उनको मृत्युपछि शासन सुम्पिएको थियो। 

पासपोर्टमा परिवर्तन

बेलायती पासपोर्ट महारानीको नाममा जारी गरिन्छ। पासपोर्टमा लेखिएको छ, ‘ब्रिटिस महारानीको नाममा, विदेश सचिवले यस राहदानी धारकलाई कुनै अवरोध बिनाआवतजावत गर्न अनुमति दिन र आवश्यक पर्दा मद्दत र सुरक्षा प्रदान गर्न पाउँदा खुसी छ।’ 
अब यो राजाको संस्करणका रुपमा लेखिनेछ।

सेना र प्रहरीका पोसाकमा परिवर्तन
बेलायतमा धेरै संस्थाहरुको पोसाकमा महारानीको एक प्रकारको कोड– ईआईआईआर (एलिजाबेथ आईआई रेजिना) हुन्छ। यो कोड राजा एडवर्डको क्राउनका देखाइन्छ। यो कोड सेना र प्रहरी अधिकारीको पोसाकमा छ। यसलाई नयाँ राजाको कोडमा परिवर्तन गरिनेछ।

स्ट्याम्पबाट महारानीको इमेज परिवर्तन

यूके रोयल मेल स्ट्याम्पमा महारानीको कोड र उनको इमेज प्रयोग गरिन्छ। ईआईआईआर र राजा एडवर्डको क्राउनका साथ यो कोड पनि परिवर्तन हुनेछ। अब नयाँ कोड राजा चार्ल्सको हुनेछ। –एजेन्सी