काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले हाल विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकलाई राहत पुर्याउने उद्देश्यले असोज मसान्तभित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा ब्याज रकममा १०% छुट प्रदान गर्ने निर्णय गरेको छ।

बैंकले व्याज रकममा १०% छुट असोज मसान्तभर प्रदान गर्नेछ। ग्राहकले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारिताको कदर गर्दै बैंकले केही कर्जाहरुमा ब्याजदरसमेत घटाएको छ। 

बैंकले देशका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।