काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको 'नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम' पोखरामा सम्पन्न भएको छ।
यही माघ १६ र १७ गते सम्पन्न कार्यक्रममा मेचीदेखि महाकालीसम्मका शाखा तथा उपशाखामा कार्यरत सक्रिय १८५ जना अभिकर्ताको उपस्थिति थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिकर्ताहरुको स्वागत गान छि कार्यक्रम प्रारम्भ भएको थियो।
व्यावसायिक लक्ष्य हासिल गर्न र सफल अभिकर्ता कसरी भइन्छ भन्ने बारेमा कम्पनीका प्रमखु कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले प्रेरणामूलक तालिम प्रदान गरेका थिए। कार्यक्रममा मार्केटिङ प्रमुख प्रशान्तराज धमलाले स्वागत मन्तव्य र नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा सहभागी अभिकर्ताका तर्फबाट बासुदेव त्रिपाठी, विमल सापकोटा ज्ञवाली, सरस्वती पन्थी, कुमारबहादुर कार्कीले मन्तव्य राखेका थिए। कार्यक्रममा नियो डिजिटल प्रालिले अभिकर्ताका लागि अत्यन्त उपयोगी सिआरएम सफ्टवेयरको डेमो प्रस्तुत गरेको थियो ।
कार्यक्रमको उद्घोषण एजेन्सी तथा तालिम विभागका प्रमुख सिताराम धिमालले गरेका थिए।
8 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago