काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपेश लमल नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको गत माघ २९ गते बसेको बैठकले बैंकका नायव सीईओ लम्साललाई वरिष्ठ नायव सीईओमा बढुवा गर्नुका साथै बैंकको कामु सीईआमाको जिम्मेवारी सुम्पेको हो। विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ वर्षको बैंकिङ अनुभव रहेको छ।
केन्द्रीय बैंकको नीतिनियमभित्र रहेर सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफू केन्द्रित रहने लम्सालले प्रतिबद्धता गरेका छन्।
33 minutes ago
40 minutes ago
45 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago