काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले अनाथ तथा विपन्न वर्गका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको काठमाण्डौको जयबागेश्वरीस्थित बाल सारथीलाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरुप ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
आज बिहीबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन्। कार्यक्रममा खकुरेलले संस्थामा अध्ययनरत बालबालिकालाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण समेत प्रदान गरेकी थिइन्।
देशभर १०३ वटा शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ।
21 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
4 hours ago
4 hours ago
4 hours ago