काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले गत सोमबार सिद्घार्थनगर नगरपालिका–४ दोगहरामा रहेको श्री दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाका लागि विद्यालय पोसाक वितरण गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेको हो। वडाअध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले विद्यार्थीका अभिभावकलाई पोसाक वितरण गरेका थिए।
कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिति थियो।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुमार्फत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ। आगामी दिनहरुमा अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने बैंकले प्रतिबद्घता जनाएको छ।
38 minutes ago
45 minutes ago
50 minutes ago
57 minutes ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago