काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ। 

काठमाण्डौको लेन्डमार्क होटेलमा आज आयोजित तालिम कार्यक्रममा प्रदेश नं. ३ का सम्पूर्ण शाखा तथा उपशाखा प्रमुखहरुको उपस्थिति थियो। कर्मचारीहरुलाई वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले गैरकानुनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धीकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा तालिम दिएकी थिइन्। 

तालिममा ३ नं. प्रदेशका १५ जना प्रमुखहरुको सहभागिता थियो। 

आजै सञ्चालिन हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यसको बिक्रीका क्षेत्रहरु, प्रभावकारी अन्डरराइटिङका तरिकाहरु र ग्रामीण क्षेत्रसम्म पुग्ने बजार रणनीतिका बारेमा तालिम सञ्चालन हुनेछ। नायब प्रमुख कार्यकारी अधिकृतद्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ, मार्केटिङ विभाग प्रमुख प्रशान्तराज धमला र अन्डरपराइटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिम दिने कार्यक्रम रहेको छ। 

कम्पनीले २०७८ असार मसान्तभित्र सातै प्रदेशका कर्यालय प्रमुख र कर्मचारीलाई सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि पुनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ। त्यसैगरी यो तालिम क्रमशः अभिकर्तालाई पनि प्रदान गरी जीवन बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणलाई न्यूनिकरण गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।