काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको रजिस्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान १० बजेदेखि सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी सञ्चालक समितिले प्रस्ताव गरेको कुल कुल ९.२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८.८० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.४६ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
सोही सभाले सेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। हाल बैंकमा संस्थापक समूहको सेयर स्वामित्व ५२.४९ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४७.५१ प्रतिशत रहेको छ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले आउँदो चैत ३ गते बुक क्लोज गर्ने र्णिय गरेको छ। यसको अर्थ चैत २ गतेसम्म कायम सेयरधनीहरुमात्र बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
49 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago