काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारणसम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ। 

यसै सिलसिलामा शुक्रबार कोहलपुरमा सोसम्बन्धि तालिम सम्पन्न गरेको छ। कोहलपुरको होटल म्याक्समा सम्पन्न उक्त तालिम कार्यक्रममा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र साविक राप्ति अञ्चलअन्तर्गतका २२ जना प्रमुखको सहभागिता थियो। आपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धीकरण गर्ने गरिएको छ।

यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यससम्बन्धी कानुनी व्यवस्था, शुद्धीकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो। कम्पनीकी वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी उक्त तालिम प्रदान गरेका थिए। 

दुईदिने उक्त तालिम कार्यक्रमको पहिलो दिन चैत्र ५ गते कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरूबारेमा र मार्केटिङ प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरूबारेमा तालिम प्रदान गरेका थिए।