काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको आज सम्पन्न १९ औँ वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन भएको छ।
सभाबाट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कुल ९.२६ प्रतिशत लाभांश पारित भएको छ। जसमा ८.८० प्रतिशत बोनस सेयर र ०.४६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
सोही सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावालाई खुला राख्दै पुँजीगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई पारित गरेको छ।
देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा १०३ वटा शाखा तथा ३४ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकका ग्राहक संख्या ५ लाखभन्दा बढी रहेको छ।
5 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago