काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड तथा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबीचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जाअन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमाबापतको रकम रु. ६ लाख ७ हजार ५०० रुपैयाँ हकवालालाई हस्तान्तरण गरिएको छ।
थाहा नगरपालिका वडा नं. १० का स्व. विष्णु मगर र थाहा नगरपालिका वडा नं. १ निवासी स्व. देगुमाया बलामीको मृत्यु हकदावी बीमाबापतको रकमबराबरको चेक क्रमशः ५ लाख २५ हजार रुपैयाँ हकवाला कल्पना घर्ती र रु ८२ हजार ५०० रुपैयाँ हकवाला रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्माद्वारा मृतकको निवासमा गई हस्तान्तरण गरिएको हो। कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्नवर्ग कर्जाअन्तर्गत लघु अमृत म्यादी बीमा योजना के हो र किन हो भन्ने कुरामा प्रस्ट पारेकी थिइन्।
त्यसैगरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारी तथा नायब प्रबन्धक शर्माले स्थानीय कृषकहरुले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण पार्नुका साथै सहुलियत कर्जा आवश्यक ग्राहकहरुको हातमा पुर्याएमात्र गाउँको विकास हुने बताएका थिए।
कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, पत्रकार तथा बैंकका कर्मचारीहरुको उपस्थिति थियो।
7 minutes ago
13 minutes ago
22 minutes ago
30 minutes ago
43 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago