काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महालक्ष्मी विकास बैंकले ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १.५७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ३९ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २५ करोड ७६ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा गत वर्षको तुलनामा ०.६४ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिसम्म ५६ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा समीक्षा अवधिमा घटेर ५६ करोड २ लाख रुपैयाँ भएको छ।
बैंकको खुद ब्याज आम्दानी २.६४ प्रतिशतले घटेर १ अर्ब १६ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब १९ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकले ३६ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ३६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन २९ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकको रिजर्भको आकार १०.२२ प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा १ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो।
निष्क्रिय कर्जा ४.४४ प्रतिशत रहेको बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६.१० रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १९.२५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५४.९० रुपैयाँ रहेको छ।
22 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
4 hours ago
4 hours ago
4 hours ago