काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दमौली शाखाले हिजो शनिबार जिल्ला प्रहरी कार्यालय तनहुँलाई १०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ।
बैंकको दमौली शाखामा आयोजित कार्यक्रममा शाखाका प्रबन्धक सुदिप न्यौपानेले प्रहरी उपरीक्षक अरुण पौडेललाई उक्त फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेका थिए। फ्लोरोसेन्ट ज्याकेट रातको समयमा टाढैबाट देखिने भएका कारण तीव्र गतिका सवारी नियन्त्रण तथा सवारी दुर्घटना रोकथाममा सहयोग पुर्याउने उद्देश्यले बैंकले ज्याकेट उपलब्ध गराएको थियो।
देशभर १०३ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ।
4 minutes ago
13 minutes ago
21 minutes ago
34 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago