काठमाण्डौ । महालक्ष्मी विकास बैंकमा संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरिएको छ।

बैंकले संस्थापक समूहको झन्डै ५ लाख कित्ता सेयर सर्वसाधारण समूहमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जनका लागि बैंकले संस्थापक समूहको ४ लाख ९८ हजार १९.०६ कित्ता सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको छ। 

योसँगै बैंकको अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम भएको छ।