काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको पूर्वघोषणाबमोजिम रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी गठन गरेको छ।

रौतहटमा राजेशकुमार शाहको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन भएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिकाको सामुदायिक भवनमा हिजो एक कार्यक्रमबीच कमिटी गठन गरिएको हो। 

उक्त कार्यक्रममा ४० जनाको सहभागिता थियो। शम्भु सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा महालक्ष्मी लाइफका क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले  प्रशिक्षण दिएका थिए। 

बीमा जागरण राष्ट्रिय अभियानका केन्द्रीय सदस्य ऋषिकान्त गुप्ता, रामाशंकर प्रसाद यादव र गाउँपालिका वडा नं. ३ का अध्यक्ष डीके झाले बीमा जागरणको महत्वबारेमा प्रकाश गरेका थिए। 

त्यसैगरी बाराको निजगढमा एजेन्सी म्यानेजर विनोद खरेलको संयोजकत्वमा २१ सदस्यीय बारा जिल्ला राष्ट्रिय बीमा जागरण कमिटी गठन गरिएको छ।

उक्त नवगठित कमिटीको अग्रसरतामा गौरीशंकर क्याम्पस निजगढमा आज बीमा जनजागरण तथा सचेतना कार्यक्रम सञ्चालन भएको हो। ४५ जनाको सहभागिता रहेको कार्यक्रममा क्याम्पस प्रअ रामप्रसाद गौतमले मन्तव्य राखेका थिए। 

कार्यक्रममा कम्पनीका मार्केटिङ प्रमुख प्रशान्तराज धमला र एजेन्सी विभाग प्रमुख सीताराम धिमालले बीमाको महत्व र आवश्यकताको बारेमा प्रकाश पारेका थिए।