काठमाण्डौ । महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंक एक्सपी सिस्टममा स्तरोन्नति गर्दै कात्तिक १५ गते उक्त सेवाको सुरुआत गरेको छ। 

बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाई थप प्रविधिमैत्री एवं समयसापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गरिएको हो। यसबाट ग्राहकलाई डिजिटल कारोवार गर्दा सहज हुनुका साथै छिटो, छरितो, चुस्त तथा दुरुस्त हुने विश्वास बैंकले लिएको छ। 

यस सेवाको सुरुआतसँगै अब ग्राहकले बैंकको मोबाइल बैंकिङ सुविधा मोबाइलका साथै वेब ब्राउजरका माध्यमबाट समेत लिन सक्नेछन्। यसका साथै यस सेवामा अनेकन अत्याधुनिक विशेषताहरु छन्।  

यस सेवाअन्तर्गत बैंकमा खाता नै नभएकाहरुले समेत बैंकिङ कारोबार गर्न सक्नेछन्। यस सेवामा रहेको ई–क्यास सुविधाअन्तर्गत यस बैंकमा खाता नभएका ग्राहकलाई मोबाइल नम्बरका आधारमा रकम पठाउन सकिने प्रबन्ध मिलाइएको छ। 

यसका साथै ई–भौचर सुविधाले बैंकमा आएर भौचर भर्नुपर्ने अवस्थाको समेत अन्त्य गर्नेछ। घरमै बसीबसी सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने उद्देश्ले सञ्चालनमा ल्याइएको यस सेवाअन्तर्गत ग्राहकले मुद्दति खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानी गर्नेलगायतका विभिन्न उपयोगी सेवाहरु प्राप्त गर्न सक्नेछन्। 

यस प्रयोगकर्तामैत्री प्रविधि बैंक एक्सपी सिस्टममा स्तरोन्नति गरेसँगै अब बैंकका ग्राहकले बैंकमा नगई मोबाइल वा कम्प्युटरका माध्यमबाट घरमै बसीबसी विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ। यस सेवालाई प्रयोग गर्नका लागि एन्ड्रोइडको प्लेस्टार र आईओएसको एपस्टोरबाट ग्राहकले महालक्ष्मी बैंक एक्सपी डाउनलोड गर्न सक्नेछन्। बैंकको वेबसाइट ध्ध्ध्।mबजबबिहmष्दबलप।अयm बाट पनि उक्त सेवालाई सजिलै प्रयोग गर्न सकिनेछ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ। बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसाज ईएमभी चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा यी कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकका रुपमा महालक्ष्मी विकास बैंक रहेको छ।