काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार ७२४ रुपैयाँको कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ६६ करोड ८४ लाख ८० हजार ५४५ रुपैयाँको बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशतले हुन आउने ३ करोड ५१ लाख ८३ हजार १८७ रुपैयाँको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयन गरिने बैंकले जनाएको छ।