काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाण्डौमा ‘जर्नी टु सक्सेस’ विषयमा एकदिने सेमिनार सम्पन्न गरेको छ। 

यही मंसिर ११ गते सामाखुसीस्थित स्काई ब्यांक्वेटमा सम्पन्न उक्त कार्यक्रममा १०५ जना भन्दा बढीको सहभागिता थियो। प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा सञ्चालित सेमिनारमा उपत्यकाभित्रका ११ शाखामा कार्यरत निश्चित व्यवसाय गरेका लिडर अभिकर्तालाई सहभागी गराइएको थियो।

बीमा व्यवसायलाई व्यावसायिक कसरी बनाउने, कारोबार गरिरहेता पनि सफलताको बाटोमा कसरी अगाडि बढ्ने र प्राप्त सफलतालाई निरन्तरता कसरी दिने विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो। नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा २६ वर्षदेखि बैंक, बीमामा निरन्तर कार्यकारी प्रमुख रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सफल हुन चालेका कदम तथा भोगेका अनुभवहरु प्रस्तुत गरेर व्यवहारिक प्रशिक्षण दिएका थिए। 

कार्यक्रमका विशेष अतिथि पूर्वप्राध्यापक, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक तथा बीमा विज्ञ डा. दामोदर बसौलाले आफूले लामो समयदेखि बीमा अभिकर्ता भई कार्यरत रहँदाको व्यवहारिक प्रशिक्षण दिँदै बीमा पेसामा सफल हुन चाहिने गुणहरु र अवलम्बन गर्नुपर्ने बाटोहरुका बारे जानकारी गराएका थिए। 

कम्पनीका चिफ मार्केटिङ अफिसर प्रशान्तराज धमलाले धन्यवाद ज्ञापन गर्दै बीमा व्यवसायको बजारीकरण बारेमा प्रशिक्षण दिएका थिए। 

महालक्ष्मी लाइफ इन्स्योरेन्स बागमती प्रदेश प्रमुख रामप्रसाद भुसालबाट सञ्चालित कार्यक्रममा महालक्ष्मी लाइफका लिडर अभिकर्ताहरुले आ–आफ्नो अनुभवहरु राख्दै बीमा क्षेत्रमा सफल हुनका लागि सेमिनारबाट प्राप्त व्यवहारिक ज्ञानले ठूलो मद्दत र हौसला प्रदान गरेको तथा भविष्यमा यस किसिमको कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।