काठमाण्डौ। “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडकोे सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। 

धुम्रबराह माध्यामिक विद्यालयको प्राँगणमा सञ्चालित उक्त शिविरमा प्रमुखतः कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निःशुल्क परीक्षण गरिएको छ। यस निःशुल्क स्वास्थ्य शिविरबाट करिब १०० जना लाभन्वीत भएको कुरा बैंकले जनाएको छ। 

उतm अवसरमा विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस नियन्त्रणका लागि केही प्रयास र समयमै रोगबारे जानकारी होस भन्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको सुकेधारा शाखाका शाखा प्रबन्धक कुमार अधिकारीले जानकारी गराए। 

काठमाण्डौ महानगरपालिका वडा नं. ४  का वडाअध्यक्ष मोहन बहादुर बिष्टले बैंकको कामको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गरे। 

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक र आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ।  

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ। बैंकले ग्राहकहरुको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले VISA EMV chip based Travel Card, eCommerce card र Dollar card जारी गरिसकेको छ। समग्रमा chip based Travel Card, eCommerce card  र Dollar card जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी विकास बैंक रहेको छ।