काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि तीन कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त र नेपाल हाइड्रो डेभलपरको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता महालक्ष्मीको ४७०.३३ रुपैयाँ, निर्धन उत्थानको १२००.७७ रुपैयाँ र नेपाल हाइड्रोको ३६५.४२ रुपैयाँ कायम भएको छ।
यसको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता महालक्ष्मीको ५६४.४० रुपैयाँ, निर्धन उत्थानको १५५५ रुपैयाँ र नेपाल हाइड्रोको ३९१ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यी तीनै कम्पनीको सेयर कारोबारमा आउनेछ।
यी तीन कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज पुस १३ गते बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षका लागि कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश रहेका छन्।
बैंकको प्रस्तावित लाभांश यही पुस २५ गते हुने २० औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
यसैगरी निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्षका लागि कुल ३१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २९.५ प्रतिशत बोनस सेयर र १.५५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ) रहेका छन्।
संस्थाको प्रस्तावित लाभांश यही पुस २५ गते हुने २३ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन्।
यस्तै नेपाल हाइड्रो डेभलपरले गत आर्थिक वर्षका लागि कुल ७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ) रहेका छन्।
कम्पनीको प्रस्तावित लाभांश यही पुस २८ गते हुने १५ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ।
3 minutes ago
33 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago