काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत बानेश्वरको संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई सहयोगस्वरुप खाद्यसामग्री प्रदान गरेको छ। 

समाज केन्द्रको कार्यालयमा आयोजित एक समारोहबीच बानेश्वर शाखाका शाखा प्रबन्धक विकास रावलले खाद्यसामग्री समाज केन्द्रका प्रमुख कृष्णबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन्। समाज केन्द्रले हाल ४० जना अनाथ बालबालिकाको संरक्षण गर्दै आएको छ। 

यस प्रकारको सहयोगले उक्त समाज केन्द्रमा रहेका बालबालिकाको  शारीरिक र मानसिक विकासमा टेवा पुग्ने विश्वास रावलले व्यक्त गरे। 

कार्यक्रममा गुरुङले बैंकले गरेको सहयोग प्रति कृतज्ञता जाहेर गर्नुका साथसाथै यस किसिमको सहयोगले बालबालिकाहरु उत्साहित भएको बताए। 

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ। 

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तबरले प्रदान गर्दै आइरहेको छ। बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।