काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ सञ्चालन गर्दै आइरहेको छ। 

सोही कार्यलाई निरन्तरता दिँदै बैंककोे तिनचुली शाखाले एक कार्यक्रमका बीच स्पोट स्पेसल क्लबको आयोजनामा काठमाण्डौ महानगरपालीका वडा नं. ६ तिनचुली–आरुबारी सडकखण्डमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। काठमाण्डौ उपत्यकाका खाली ठाउँहरुमा वृक्षरोपणका साथै बोटबिरुवाको संरक्षण गर्नाले प्राकृतिक सन्तुलन तथा सहरी सुन्दरता पनि बढ्ने बताउँदै गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष राजिव थापाले बैंकले प्रकृति संरक्षणका कार्यहरु गरिरहेकोमा धन्यवाद दिए। 

कार्यक्रममा तिनचुली शाखाका शाखा प्रवन्धक शेखर श्रेष्ठले वृक्षरोपण कार्यक्रम सफल पार्न स्थानीय निकायले गरेको सहयोगको सरहाना गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु बैंकले अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने जानकारी दिए। 

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तबरले प्रदान गर्दै आइरहेको छ। बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।