काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ। 

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चैत १३ गते प्रधान कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणका लागि सार्वजनिक गरेका हुन्। प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु क्यालेन्डरमा समावेश गरिएको छ। 

क्यालेन्डर सार्वजनिक कार्यक्रममा सञ्चालकहरु उमेशलाल श्रेष्ठ र सुरेश सापकोटाको उपस्थिति थियो। कारोबार सञ्चालन भएको तीन वर्ष पुगेको कम्पनीको हाल ६५ वटा शाखा तथा उपशाखा सञ्चालनमा रहेको छ भने ३ वर्षको अवधिमा कम्पनीले ३ अर्बभन्दा बढी प्रिमियम संकलन गरिसकेको छ।  

कम्पनीले आउँदो असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्ने गरी तयारी गरिरहेको छ।