काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ। 

आज केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकेटाले उक्त क्यालेन्डर विमोचन गरेका हुन्। ‘कृषि कर्म गरौँ, आत्मनिर्भर बनौ’ भन्ने मूल विषयलाई आत्मसात गर्दै बैंकले नयाँ वर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरुसमक्ष ल्याएको हो। 

मिति, तिथि, चाडपर्व, दिवसलगायतका विषयमा आफ्ना ग्राहकलाई जानकार राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ। ग्राहकले वेबसाइट www.mahalaxmibank.com  मार्फत पनि उक्त क्यालेन्डर डाउन्लोड गर्न सक्नेछन्।

“सबल बैंक, सफल सहकार्य” को लाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकका प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखा छन्। तीमार्फत बैंकले करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ।