काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको भाटभटेनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाण्डौको नक्सालस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ। 

बाल शोषण र अन्याय निर्मूल पार्दै बाल अधिकार संरक्षण र सम्वर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापित संगठनमा रहँदै आएका फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलो होस् भन्ने उद्देश्यले बैंकले फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको हो।

हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमप्रसाद पराजुली र प्रमुख कार्यकारी अधिकृत अजयकुमार शाहले विगतदेखि नै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणीय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद दिए। 

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ।