काठमाण्डौ । महालक्ष्मी विकास बैंकको राजापुर शाखा राजापुर नगरपालिका–४ मेन चोकमा स्थानान्तरण भएको छ। 

आज बुधबार आयोजित एक कार्यक्रमबीच राजापुर शाखाको उद्घाटन संयुक्त रुपमा राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी र बैंकका सञ्चालक दीपक रौनियारले गरे। उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको उपस्थिति थियो। कार्यक्रममा उपस्थित सबैलाई सञ्चालक रौनियारले कृतज्ञता ज्ञापन गरेका थिए। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकले गर्दै आएको विभिन्न गतिविधिबारे प्रकाश पारेका थिए। उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। 

राजापुर शाखाबाट ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कोमल बिष्टले जनाए।