काठमाण्डौ । महालक्ष्मी विकास बैंकले २८ औँ वार्षिकोत्सवका अवसरमा नेपाली संस्कृति, पुरातत्व र लोक संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनमा अतुलनीय भूमिका निर्वाह गरेका संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरेको छ। 

ललितपुरको बखुम्बहालस्थित निवासमै पुगेर एक विशेष कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले सत्यमोहन जोशीलाई अभिनन्दन गरेका हुन्। 

कार्यक्रममा अध्यक्ष उपाध्यायले साहित्य, समाजशास्त्र तथा दर्शन विज्ञानतर्फ सत्यमोहन जोशीको योगदान अविस्मरणीय रहँदै आएको कुरा बताए। 

ज्येष्ठ महिनालाई वार्षिकोत्सव महिनाका रुपमा मनाउन लागेको बैंकले आफ्ना १०३ वटा शाखामा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गर्दै आएको छ। एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ हरेक शाखामा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ। 

यसै अवसरमा बैंकले महालक्ष्मी स्थानमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। आर्थिक सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन, सहरी सौन्दर्य प्रवर्द्धन तथा प्रदूषण नियन्त्रणका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत गरिएको यस कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ।  

२८ औँ वर्षमा प्रवेश सुखद अवसरमा बैंकले ग्राहक, सेयरधनी, नियमनकारी निकायलाई कृतज्ञता जाहेर गरेको छ।  यस २७ वर्षको यात्रामा प्राप्त सहयोगप्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ। 

ग्राहक, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनका लागि बैंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।