काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले उच्चतम ब्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ।
यस बचत खातामा बचत खाताहरुमध्ये सबैभन्दा उच्चतम ९% ब्याजदर, निःशुल्क एटीएम कार्ड तथा मोबाइल बैंकिङ सुविधा प्रदान गरिने बैंकले जनाएको छ। न्यूनतम मौज्दात रु. ५०० मै खाता खोल्न सकिने यो बचत खातामा मासिक ब्याज भुक्तानी हुनेछ।
विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहिआएको बैंकले आमग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याएको हो। देशैभर छरिएर रहेका १०३ शाखामार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ।
बैंकले प्रदेश नं १ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ। बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप्स बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा यी कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।
26 minutes ago
44 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago