काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा ८ मा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ।
विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ती उनका सुपुत्र, यस बैंकका संस्थापक तथा मनकामना दर्शन प्रालि का सञ्चालक राजेशबाबु श्रेष्ठले सन्तोष कुमार मण्डललाई हस्तान्तरण गरेका हुन्। धनुषा जिल्लाको धवौली स्थायी घर भएका मण्डलको पारिवारिक आर्थिक स्थिति अत्यन्त कमजोर भएकोले उनको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले रु. ५० हजारबराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।
कार्यक्रममा राजेशबाबु श्रेष्ठले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्याउने कुरा जानकारी गराउँदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरे। यसका साथै शिक्षा, स्वस्थ्य, दैवीप्रकोप, संस्कृति प्रवर्द्धनलगायतका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गोरखा र चितवनमा विभिन्न कार्यक्रम गर्दै आएको मनकामना दर्शनले आगामी दिनमा काठमाण्डौमा पनि त्यस्ता कार्यक्रम गर्ने प्रतिबद्घता व्यक्त गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताउँदै विद्यार्थीको शैंक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ।
विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहिआएको बैंकले आमग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्घता जनाएको छ। बैंकले प्रदेश नं. १ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ।
15 minutes ago
25 minutes ago
48 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago