काठमाण्डौ । महालक्ष्मी विकास बैंकले दसैँलाई लक्षित गरी दसैँ काउन्टरहरु खुला गर्ने भएको छ।
बैंकले यही असोज १५ गतेदेखि असोज २१ गतेसम्म (असोज १९ गते टीकाको दिनबाहेक) केही स्थानहरुमा दसैँ काउन्टरहरु खुला गर्ने भएको हो।
बैंकले असोज १५ गते षष्ठीका दिनदेखि असोज २१ गते चातुर्दशीका दिनसम्म दरबारमार्ग शाखा खुला गर्नेछ। असोज १६ गते फूलपातीका दिन बैंकले वीरगन्ज शाखा, असोज १७ गते महाअष्टमीका दिन हेटौँडा र असोज १८ गते महानवमीका दिन महाराजगन्ज शाखा खुला गर्ने भएको छ।
यसैगरी असोज २० गते एकादशीका दिन भैरहवा र असोज २१ गते द्वादशी÷त्रयोदशीका दिन पोखराको न्युरोड शाखा बैंक खुला राख्नेछ।
यी दिनहरुमा ती शाखाहरुमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कारोबार हुने बैंकले जनाएको छ।
12 minutes ago
31 minutes ago
41 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago