काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन्।
बैंकको कमाने शाखाले मकवानपुर जिल्लाको पुरानो अस्पताल हेटौँडा अस्पताललाई कुर्सी हस्तान्तरण गरेको छ। हेटौँडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीलाई सहजता होस् भन्ने उद्देश्यले बैंकले उक्त कुर्सी प्रदान गरेको हो।
यसका साथै बैंकको आँबुखैरेनी शाखाले आँबुखैरेनी–६ मा रहेको श्री आँबुखैरेनी क्याम्पसलाई पंखा हस्तान्तरण गरेको छ। क्याम्पस प्राँगणमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकले त्यहाँ अध्ययनरत विद्यार्थीहरुको पठनपाठन वातावरणमा सहजताका लागि १५ थान पंखा हस्तान्तरण गरेको हो।
त्यसैगरी बैंकको नारायणगढ शाखाले भरतपुर महानगरपालिका वडा नं. २ आँपटारीस्थित मिलनटोलमा रहेको शिवालय मन्दिरलाई कुर्सी हस्तान्तरण गरेको छ। मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी र मन्दिर परिसरमा बिहान, दिउँसो र साँझमा घुम्न आउने ज्येष्ठ नागरिकहरुलाई आराम गर्न सहयोग होस् भन्ने उद्देश्यले बैंकले उक्त कुर्सीहरु मिलन टोल विकास संस्थालाई प्रदान गरेको हो।
उल्लेखित कार्यक्रमसँगसँगै बैंकको मैतीदेवी शाखाले काठमाण्डौ महानगरपालिका वडा नं. ३० स्थित मैतीदेवी मन्दिरमा सीसी क्यामेरा जडान गरिदिएको छ। मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीका साथै मन्दिर परिसरको सुरक्षाका निम्ति बैंकले मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिसँग समन्वय गरी २ थान सीसी क्यामेरा जडान गरेको हो।
आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ।
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
23 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago