काठमाण्डौ । महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।
बैंकले ‘महालक्ष्मी डिबेन्चर २०८९’ नामक ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र जारी गर्न अनुमति माग्दै बैंकले गत असोज २७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
सेबोनले अनुमति दिएमा बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ऋणपत्र जारी गर्नेछ। जसमा बैंकले व्यक्तिगत तबरबाट ६ लाख इकाइ बिक्री गर्नेछ भने बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।
यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago