काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले विशेष (महाबचत) खाता खोल्ने ग्राहकका लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत कात्तिक र मंसिर महिनामा महाबचत खाता खोल्ने ग्राहकले लकर सेवाको वार्षिक शुल्क (प्रथम वर्ष)मा सतप्रतिशत छुट प्रप्त गर्न सक्नेछन्।
बैंकका दरबारमार्ग, पुतलीसडक, न्युरोड (काठमाण्डौ), भैरहवा र न्युरोड (कास्की) शाखा कार्यालयमा लकरको सुविधा रहेको छ। हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकताअनुसार लकर सेवा प्रदान गर्ने बैंकले जनाएको छ।
यस योजनाअन्तर्गत खोलिने महाबचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरुमध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) ब्याजदर, निःशुल्क एटीएम कार्ड तथा मोबाइल बैंकिङलगायतका अन्य सुविधा रहेका छन्।
विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहिआएको बैंकले आमग्राहकको बैंकिङ आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै लकर योजना सञ्चालनमा ल्याएको हो।
17 minutes ago
37 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago