काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप प्रयोगकर्ताहरुका लागि ‘महालक्ष्मी बैंक २ ३ ४ को जादु’ योजना सञ्चालनमा ल्याएको छ।
यस योजनाअन्तर्गत महालक्ष्मी मोबाइल एप प्रयोग गरी दुई महिनासम्म तीनवटा कारोबार गर्ने ग्राहकमध्ये भाग्यशाली चार ग्राहकले स्मार्टफोन प्राप्त गर्न सक्नेछन्। बैंकले यस योजना हालसम्म महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकलाई लक्षित गर्दै यही नोभेम्बर १ देखि आउँदो डिसेम्बर ३१ सम्म सञ्चालन गर्न लागेको हो।
ग्राहकले दुई महिनासम्म तीनवटा कारोबार गर्दा कारोबार रकम न्यूनतम रु. १०० वा सोभन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाइल टपअपको हुनुपर्ने बैंकले जनाएको छ।
विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहिआएको बैंकले आमग्राहकको बैंकिङ आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै डिजिटल बैंकिङका साथसाथै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्घता जनाएको छ।
1 minute ago
11 minutes ago
34 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago