काठमाण्डौ । महालक्ष्मी विकास बैंकले घर निर्माण गर्न इच्छुकलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकलाई लक्षित गरी उद्यमशील कर्जा न्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरेको छ।
आवास कर्जा योजनाअन्तर्गत ‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुटजस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बंैकले जनाएको छ।
व्यावसायिक कर्जा योजनाअन्तर्गत ‘सरल र सुलभ व्यावसायिक कर्जा, पौरखी हातहरुलाई थप ऊर्जा’ ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुटजस्ता सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ।
घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन्।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखामार्फत करिब ७ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
24 minutes ago
44 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago