काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले रेस्टुरेन्ट, आयुर्वेद, शृंगार, स्वास्थ्यलगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाण्डौका विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ।
सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकले The Himalayan Grill By Bajeko का सम्पूर्ण सेवामा १५%, Kundalini Ayurveda का सेवाहरुमा अधिकतम २०%, Tsubaki Beauty Saloon & Enterprises Pvt. Ltd का सेवाहरुमा १०%, Opulence Aesthetics Pvt. Ltd. का सेवाहरुमा १०% र Crystal Diagnostic Pvt. Ltd. का सेवाहरुमा अधिकतम २५% को छुट प्राप्त गर्न सक्नेछन्।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
5 minutes ago
15 minutes ago
38 minutes ago
58 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago