काठमाण्डौ । सुरक्षित बैंकिङ कारोबार गर्न आमसर्वसाधारणलाई सचेत गराउन महालक्ष्मी विकास बैंकले सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ। 

अपरिचित व्यक्तिहरुलाई कुनै पनि मध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै संवेदनशील जानकारी नदिन बैंकले आग्रह गरेको छ। आफ्नो मोबाइल, डिभाइस वा अन्य उपकरणको पासवर्ड बेला–बेलामा परिवर्तन गरिरहे बैंकिङ फ्रडबाट बच्न सकिने बैंकले जनाएको छ। यस्ता पासवर्डहरु गोप्य तरिकाले सुरक्षित गर्न पनि बैंकले सुझाएको छ। 

सामाजिक सञ्जाल वा अन्य कुनै प्लेटफर्मबाट रकम पठाउन सन्देश आएमा त्यस्ता व्यक्तिले रकम माग गरेको वा नगरेको अन्य माध्यमबाट यकिन गरेरमात्र पठाउन पनि बैंकले आग्रह गरेको छ। 

आफ्नो मोबाइल अनावश्यक वा अनधिकृत एप डाउनलोड नगर्न पनि बैंकले भिडियो सन्देशमार्फत आग्रह गरेको छ। त्यस्ता अनधिकृत एपल डाउनलोड गर्दा आपराधिक समूहले मोबाइल प्रयोगकर्ताले संवेदनशील जानकारी हासिल गर्न सक्ने बैंकको भनाइ छ। 

कसैले रकम भुक्तानी गर्ने बहानामा बार कोड वा क्यूआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेस गरेमा म्यासेज पठाउन नहुने बैंकले सचेत गराएको छ। कुनै पनि वेबसाइटमार्फत वित्तीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो वा होइन भनी यकिन गरेरमात्रै कारोबार गर्न पनि बेंकले सुझाएको छ। 

विद्युतीय कारोबार गर्दा आफू ठगिएको शंका लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्था एवं नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइसम्बन्धी पोर्टल धधध।नगलबकय।लचद।यचन।लउ मा गुनासो तथा उजुरी गर्न पनि बैंकले आग्रह गरेको छ। 

यदि यस्ता ससाना कुरामा पुर्याउन सकियो भने विभिन्न माध्यमबाट गरिने आर्थिक कारोबारहरुलाई सुरक्षित बनाउन सकिने बैंकले सन्देश दिएको छ। गोपनियता कायम राख्दै सुरक्षित विद्युतीय कारोबार गर्न बैंकले आग्रह गरेको छ।