काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन्।
बैंकको भाटभटेनी शाखाले खुला आकाशमुनि कष्टपूर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपांग, अशक्त, असहाय र मनोरोगीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा आश्रमलाई विभिन्न औषधी, देनिक खानाका लागि अत्यावश्यक सामग्रीका साथै विविध सरसफाइका सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
सहाराविहीन, अशक्त, असहाय, शारीरिक तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमको दैनिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो।
यसैगरी बैंकको राजापुर शाखाले राजापुर नगरपालिका वडा नं ४ स्थित अमर सहिद बहुमुखी क्याम्पसलाई खानेपानीको फिल्टर हस्तान्तरण गरेको छ। क्याम्पसमा हाल ८०० विद्यार्थी अध्ययनरत रहेका र बर्सेनि विद्यार्थीको संख्या बढ्दै गएका कारण खानेपानी व्यवस्थापनमा उत्पन्न समस्या समाधानका लागि बैंकले खानेपानीका फिल्टर प्रदान गरेको हो।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्ने जनाएको छ।
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago