काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले छाउपडी प्रथा उन्मूलन योजनाका लागि आर्थिक सहयोग प्रदान गर्ने भएको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि एक्सन वर्क्स नेपाल (एनजीओ) द्वारा साञ्चालित ‘Chhaupadi & Menstrual Health Hygiene Management Project’लाई सफल बनाउन आर्थिक सहयोग प्रदान गर्ने भएको हो।
छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलनविरुद्घ जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्ष रुपमा प्रभावित बालिका तथा महिलाहरुलाई स्वास्थ्य सेवा तथा पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चलित यस योजना बैतडी जिल्लाको दिलासैनी गाँउपालिकामा करिब ४ महिना सञ्चालन गरिनेछ। उक्त योजनाअन्तर्गत गाउँपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरु, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधाको प्रयोग गरी पुनःप्रयोग गर्न सकिने सेनिटरी प्याड बनाउने तालिम प्रदान गरिनेछ।
यस प्रकार छाउपडी प्रथाविरुद्घ कार्यक्रम गरी समुदायस्तरमा जनचेतूना जगाउने प्रयासमा सहभागितास्वरुप बैंकले उक्त एनजीओलाई आर्थिक सहयोग प्रदान गर्ने भउको हो।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago