काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा उछाल आएको छ।
आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा ४ करोड ३९ लाख रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ८५४.९१ प्रतिशतले बढी हो। गत वर्ष संस्थाको नाफा ४६ लाख २ हजार रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफाबापत ६ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष संस्थाको सञ्चालन घाटा ६५ लाख ५७ हजार रुपैयाँ रहेको थियो।
यो अवधिमा संस्थाले १० करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६ करोड १९ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाले १ अर्ब ३४ करोड रुपैयाँ सापटी लिई १ अर्ब ८८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष संस्थाले ९० करोड ३८ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार ९२.६१ प्रतिशतले बढेर ७ करोड ६० लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ३ करोड ९४ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४४.०२ रुपैयाँ रहेको छ। पीई रेसियो २६.०१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५७.९६ रुपैयाँ रहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago