काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १५ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ६१.४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १८.७६ प्रतिशतले घटेर ८ करोड ६१ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १० करोड ६० लाख रुपैयाँ थियो।
गत वर्ष संस्थाले २७ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २४ करोड ४ लाख रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी पनि १५.९० प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा संस्थाले २ अर्ब ७७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले २ अर्ब २४ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ३३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार ३५.०६ प्रतिशतले बढेर २९ करोड ८३ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २२ करोड ८ लाख रुपैयाँमा सीमित थियो।
संस्थाको एनपीएल बढेर १.९१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.७१ प्रतिशत थियो।
चुक्तापुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १०१.७६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ९२.९८ रुपैयाँ रहेको छ। पीई रेसियो ३३.७९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ३०२.२६ रुपैयाँ रहेको छ।
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago