काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले तीन प्रदेशमा रहेका आफ्ना १८ वटा शाखा कार्यालयहरुमार्फत महिला सदस्यहरुलाई निःशुल्क सीपमूलक तालिम प्रदान गरेको छ।
गत फागुन ३ गतेदेखि चैत १२ गतेसम्म संस्थाको लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशअन्तर्गतका १८ वटा शाखा कार्यालयमार्फत महिला सदस्यहरुलाई दुईदिने सीपमूलक तालिम सञ्चालन गरेको हो।
ती शाखा कार्यालयहरुमा आबद्ध सदस्यमध्ये ९४७ जना महिला सदस्यलाई निःशुल्क रुपमा लुगा धुनेसर्फ, झोल साबुन, अचार, स्याम्पु, ह्यान्डवास, टीका विन्दी, चुरा गहना, कुसन, सेनेटरी प्याड तथा भाडा माझ्ने सावुन बनाउने तालिम प्रदान गरिएको संस्थाले जनाएको छ।
संस्थामा कार्यरत कल्याणी खरेलद्वारा प्रशिक्षण दिइएको तालिमबाट सहभागीहरुले कम लागतमा विभिन्न सामान उत्पादन गर्ने तरिका, बजारीकरणलगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए।
यस वर्षमात्र २ हजार ७४२ जनाले निःशुल्क तालिम लिइसकेको र हालसम्म संस्थाले विभिन्न शाखा कार्यालयमार्फत झन्डै ५ हजार ८१७ जना विपन्न महिलाहरुलाई यस प्रकारका निःशुल्क सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ।
24 minutes ago
42 minutes ago
53 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
14 hours ago