काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मकवानपुरको हर्नामाडी शाखामा आबद्ध महिला ग्राहक सदस्यलाई पोते बनाउने तालिम प्रदान गरेको छ।
गत भदौ ६ गतेदेखि ८ गते ३ दिनसम्म सञ्चालन भएको तालिममा व्यवसायोन्मुख ४० जना महिला ग्राहक सदस्यलाई सहभागी गराइएको थियो। उनीहरुको सीप र क्षमता अभिवृद्धि गरी उक्त सीपलाई व्यावसायिकरणतर्फ रुपान्तरण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाले जनाएको छ।
तालिममा उपस्थित हेटौँडा उपमहानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष अनिलकुमार बानियाँले सीपमूलक तालिमले महिलाहरुलाई सफल व्यावसायिक बनाउन मद्दत पुग्ने, तालिमपश्चात सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने र वित्तीय अनुशासनको पालना गर्नुपर्ने आवश्यकता रहेको हुँदा यस कार्यमा सबै जना एकचित्त भई लाग्नुपर्नेमा जोड दिए।
लक्ष्मी लघुवित्तले कर्जा र बचतबाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैंकिङ र अनलाइन भुक्तानीका सुविधासँगै महिलालाई उद्यमशीलताका माध्यमबाट महिला सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले क्षमता अभिवृद्धि तथा सीप विकाससम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ।
10 minutes ago
28 minutes ago
47 minutes ago
52 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago