काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ।

संस्थाले ४ लाख १६ हजार १४७ कित्ता एफपीओ निकट भविष्यमा जारी गर्ने भएको हो। संस्थाले प्रिमियम मूल्यसहित एफपीओ जारी गर्नेछ। 

संस्थाले एफपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा महुली लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।