काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १० औँ वार्षिक साधारणभा डाकेको छ।
संस्थाको मंगलबार (चैत १४ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सप्तरीको महुलीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।
नेपाल राष्ट्र बैंकको निर्देशन संस्थाले घटाएर यो लाभांश प्रस्ताव गरेको छ। यसअघि संस्थाले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो।
सोही सभाले संस्थाले प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त आपसमा गाभ्ने वा प्राप्ति प्रक्रिया अगाडि बढाउन आवश्यक सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले चैत २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
10 minutes ago
40 minutes ago
50 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago