काठमाण्डौ । लाभांश र एफपीओ जारी मुख्य अजेन्डासहित महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा आज बुधबार हुनेछ।
सप्तरीको महुलीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुने वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन हुनेछ। जसमा २० प्रतिशत बोनस सेयर र बाँकी १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
सभाले बोनस सेयरको हदसम्म जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नुका साथै प्रिमियममा एफपीओ सेयर निष्कासन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सोही सभाले एक वा एकभन्दा बढी वित्तीय संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय पनि पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही चैत १० गते एक दिनका लागि बुक कलोज गरेको थियो। यसको अर्थ चैत ९ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश पाउन योग्य भएका छन्।
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
6 hours ago
6 hours ago